काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै अब पार्टी महाधिवेशनउन्मुख भएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले पार्टीको म्याद थपदेखि क्रियाशील सदस्यता नवीकरण सम्बन्धी निर्णयहरू गरेको छ ।
यसअघि २०८२ असोज २८ गतेदेखि निरन्तर जारी कार्यसमितिको बैठक सोमबार महाधिवेशनको कार्यतालिका तय गरेको छ ।
बैठकले महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको छ । बैठकले मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
यी हुन् बैठकका निर्णयहरू :










प्रतिक्रिया