काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुुनुुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले भने, ‘लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो आवश्यकता सुरक्षाको प्रत्याभूूति नै हो । स्वदेशी लगानीकर्ताको मनोबल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुुरक्षाको प्रत्याभूूति हुने गरी नीतिगत व्यवस्था गर्नुुपर्दछ ।’
विदेशी लगानीकर्ताहरूको सुुरक्षाको प्रत्याभूूतिका लागि दुुईपक्षीय लगानी प्रवर्द्धन तथा सुुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवर्द्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुुनुुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।
लगानी वातावरण, रोजगारी सिर्जना, राजस्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुुनौतीहरू मुुलुुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताए । करीब ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुुसल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुुज्रिरहेको उनको भनाइ छ ।
उनले भने, ‘अपार प्राकृतिक स्रोतहरूले भरिपूूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरूको अभावले आर्थिक समृद्धि हासिल गर्नुु त परै जाओस्, आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत सिर्जना हुुन सकेको छैन ।’
विगतका संकुुचित र अव्यावहारिक मौद्रिक नीतिहरूका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजारभन्दा बढी उद्यमी व्यवसायीहरू कर्जा कालोसूूचीमा परेको अध्यक्ष अग्रवालले बताए ।
लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्र बैंकद्वारा जारी चालुु पु“जी कर्जा निर्देशिकालाई खारेज गर्नुुपर्ने अध्यक्ष अग्रवाललको भनाइ छ ।




प्रतिक्रिया