वाइडबडी प्रकरण : सरकारले बनायो छानबिन आयोग

वाइडबडी प्रकरण : सरकारले बनायो छानबिन आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको भनिएको अनियमितता छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्ले पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो। आयोगमा पूर्वनायव महान्यायाधिबक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य छन्।

जाँचबुझ ऐन २०२६ अनुसार गठन गरिएको छानबिन आयोगलाई माघ मसान्तभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।

नेपाली कांग्रेसले नेतृत्व पाएको सार्वजनिक लेखा समिति र त्यस अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्रीलाई समेत खरिद–अनियमिततामा संलग्न रहेको प्रतिवेदन दिइसकेको छ।