गगन थापाले गरे सभापति पदमा उम्मेदवारी दिने घोषणा

गगन थापाले गरे सभापति पदमा उम्मेदवारी दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्तामा दिदैं थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

प्रस्तोता निमेष बन्जाडेले सभापतिको उम्मेदवार हो ? भनेर सोधेको प्रश्नको जवाफमा थापाले भने’म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने–नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ ।

उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताए ।