सर्लाही – सर्लाहीमा ५२ किलो गाँजासहित १ जना पक्राउ परेका छन् ।
शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगाबहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार वाइवा बा१२च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका–११ हिरापुरमा उनलाई गाँजासहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भण्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।




प्रतिक्रिया