एनपीएल : सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो विराम

एनपीएल : सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो विराम

विराटनगर क्वालिफायरमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा विराम लगाएको छ।

एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा विराम लगाएको हो।

शनिबार भएको पहिलो खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको हो। लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा आएर हार भोगेको छ।

सुदूरपश्चिमलाई ११.५ ओभरमा हराएपछि दोस्रो स्थानमा उक्लेको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि ओपनर साम हेजलेट र फाफ डु प्लेसिसले ७.१ ओभरमा ९७ रनको साझेदारी गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। २० बलमा ५ चौका र ४ छक्का प्रहार गरेका फाफ ५० रन बनाउँदा अविनास बोहराको बलमा बोल्ड आउट भए।

२७ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका साम ५१ रन बनाउँदा हरमित सिहंको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। विराटनगरले पावर प्लेमा विना विकेटको क्षति ८७ रन बनाएको थियो। जारी एनपीएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो।

बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए ।