सुनको मूल्यमा भारी वृद्धि, १३ हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा भारी वृद्धि, १३ हजार ३०० रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य बिहीबार भारी वृद्धि भएको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।