कटुवा पेस्तोलसहित २ जना भारतीय पक्राउ

कटुवा पेस्तोलसहित २ जना भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही – कटुवा पेस्तोलसहित प्रहरीले रुपन्देहीबाट २ जनालाई पक्राउ गरेको छ ।

गैडहवा गाउँपालिका–३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद महमद रमजान र भारतको थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।