काठमाण्डु– छैटौं कारोबारको दिन पनि सेयर बजार घटेको छ । सोमबार ३ अंकले घटेर परिसुचक २६०६ मा कायम भएको छ ।
हिजो ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा झर्यो ।
आज ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी अगाडि रहे ।
यसदिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढ्यो भने सपोर्ट माइक्रोफाइनान्सको ५.१६ प्रतिशतले घट्यो ।
यसदिन जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे ।




प्रतिक्रिया