प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच छलफल

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नागरिक बचाउ दलका संरक्षक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग औपचारिक भेटवार्ता गरेका छन् ।

सोमबार दिउँसो सरकारसँग राखेका मागबारे प्रधानमन्त्री कार्कीसँग छलफल गर्न प्रसाईं सिंहदरबार पुगेका हुन् ।

प्रसाईं र सरकारबीच २७ बुँदे मागका मुख्य बुँदाहरूलाई लिएर छलफल चलिरहेको छ ।

वार्तामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन् भने प्रसाईंको तर्फबाट १९ जना वार्तामा सहभागी छन् ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरुमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो।

प्रसाईंले सरकारको तत्कालीन प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा वर्तमान शान्ति–सुरक्षाको अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा विशेष जोड दिइएको छ।

गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे माग बुझाइएको थियो। जसमा राजनीतिक दलहरूले निर्वाचनमार्फत मात्र यस्ता माग सम्बोधन गर्नसक्ने सरकारको सुझाव थियो।

मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरु समावेश छन्।