काठमाण्डु – सर्वाेच्च अदालतले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
अदालतका न्यायाधीश शान्ति सिंह थापा र सारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिएको छ ।
सर्वोच्च प्रशासनबाट टिप्पणी उठाएर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालमा उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएकोमा सोमबार सफाइ हुने फैसला भएको छ ।
अदालतका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेमार्फत उनीविरुद्ध २०८१ असोजमा अवहेलना मुद्दा दर्ता गरिएको थियो ।
न्याय परिषद्को २०८१ असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएपछि मुद्दा अगाडि बढाइएको थियो ।




प्रतिक्रिया