काठमााण्डु– प्रधानमन्त्री सुशीला कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि नहट्ने बताएकी छन्।
भ्रष्टाचारविरूद्धको २२ औं अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार दृढ रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले यो सरकार चुनावी सरकार मात्र नभई सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएको उल्लेख गरिन्।
उनले भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरूपमा धम्क्याए पनि आफूहरू नडराउने उल्लेख गरिन् ।
‘सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ। जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्, सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु। ’ उनले भनिन् ।
जनताका काममा अनावश्यक ढिलासुस्ती गर्ने, जिम्मेवारीबाट पन्छिने, मोलाहिजा गर्ने, अनुचित लाभ लिने, राज्यलाई हानि नोक्सानी पुर्याउने कार्य कुनै पनि बहानामा सह्य हुन नसक्ने बताइन् ।




प्रतिक्रिया