काठमाण्डु –हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
बुधबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यता काठमाण्डु उपत्यकामा बुधबार बिहान मंगलबारभन्दा चिसो बढेको छ।
महाशाखाका अनुसार बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियसमा झरेको छ।
मंगलबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।




प्रतिक्रिया