एनपीएल : एलिमिनेटरमा काठमाण्डु र लुम्बिनी खेल्दै

एनपीएल : एलिमिनेटरमा काठमाण्डु र लुम्बिनी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा दिउँसो ४ बजे सुरु हुनेछ। काठमाण्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्।

यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।

एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। त्यसैले खेल दुवै टिमले जित्ने प्रयासमा हुनेछन्। लिग चरणमा भएको भेटमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो।