काठमाण्डु– हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गरेका छन् ।
सोमबार सर्वोच्च अदालतले सरुवा बदर गर्दै प्राधिकरणमा फर्काउन आदेश दिएसँगै शाक्यले बुधबार पदबहाली गरेका हुन् ।
कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णयविरुद्ध शाक्य अदालत गएका थिए ।
अदालतले शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिनआदेश दिएको हो ।




प्रतिक्रिया