काठमाण्डु– बहुविवाहको कसुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।
नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।
उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको हो ।
नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए ।




प्रतिक्रिया