काठमाण्डु– देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ ।
२३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो ।
बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ।
विभागका अनुसार महासंघले भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।
नियमावलीमा सम्बोधन गर्नुपर्ने मागका विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको समेत विभागले जनाएको छ ।
ती सहमतिहरूमा भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री र एक्जिट नोटहरू भन्सार एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था मिलाउने रहेका छन् ।
भन्सार ऐन २०८२ मा समावेश कतिपय प्रावधानले एजेन्टको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए ।




प्रतिक्रिया