काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।
यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि विराटनगर किंग्ससंग खेल्नेछ ।
काठमाण्डु गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन र सन्नी पटेल।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।




प्रतिक्रिया