एनपीएलको दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

एनपीएलको दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै

जित्ने टीम सुदूरपश्चिमसँग फाइनल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा बिहीबार लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ ।

लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।

विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

खेलको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई हराउँदै फाइनल प्रवेश गरेको हो । फाइनल खेल मंसिर २७ गते हुनेछ ।