आज र भोलि नागढुङ्गा-मलेखु सडक बन्द नहुने

आज र भोलि नागढुङ्गा-मलेखु सडक बन्द नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ।

एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुला गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि सडक आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ। त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए।

युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए।

सडक विभागले काठमाण्डु जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ।