सुन र चाँदीको मूल्यमा वृद्धि

सुन र चाँदीको मूल्यमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ३ हजार ५०० र चाँदी १०० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ३ हजार ५०० ले मूल्य बढेर प्रतितोला सुनको भाउ २ लाख ५६ हजार ६०० कायम भएको छ ।

अघिल्लो दिन बिहीबार १ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० पुगेको थियो ।

यस्तै चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । महासंघका अनुसार १०० रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ९०५ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।