पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

लु १ ज ३९०८ नम्बरको जिप पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताए।

दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको र शव पहिचानका लागि विभिन्न पक्षसँग सोधखोजको काम भइरहेको सूचना अधिकारी चौधरीले बताए।

८ जना घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। जिप सडकबाट करिब २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।