काठमाण्डु – कम्बोडियासँगको सीमामा एक हप्तासम्म चलेको झडपपछि थाइल्याण्डका प्रधानमन्त्रीले संसद भंग गरेका छन् । यसका साथै, ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव हुनेछ।
शुक्रबार जारी गरिएको एक आदेशमा प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उनको अल्पमतको सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गर्नु परेको उल्लेख गरेका छन् ।
‘उपयुक्त समाधान भनेको संसद विघटन गर्नु हो । जुन जनतालाई राजनीतिक शक्ति फिर्ता हस्तान्तरण गर्ने तरिका हुनेछ,’ प्रधामनन्त्री चार्नविराकुलले भनेका छन् ।
प्रतिनिधि सभाको विघटन क्याम्बोडियासँगको पुनः सुरु भएको झडपको बीचमा आएको हो, जसमा अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ र सयौँ हजार विस्थापित भएका छन् ।
‘सरकारले देशमा उत्पन्न तात्कालिक समस्याहरू छिटो समाधान गर्न सार्वजनिक प्रशासनका सबै उपायहरूको उपयोग गरिसकेको थिया । तर देश चलाउन स्थिरता आवश्यक हुन्छ,’ प्रधानमन्त्री अनुतिनले थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नलाई अनुमोदन गरेको पत्रमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले युवामुखी र प्रगतिशील पीपल्स पार्टी, जुन संसदमा सबैभन्दा ठूलो दल पनि हो। को समर्थन गुमाएपछि संसद विघटनको आदेश आएको हो ।
व्यवसायीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ देखि थाइल्याण्डको तेस्रो प्रधानमन्त्री हुन् । सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्ममा संसद विघटन गर्ने वाचा गरेका थिए।
प्रधानमन्त्री अनुतिन र उनकी भुमजैथाइ पार्टीलाई गत महिना थाइल्याण्डको दक्षिणी क्षेत्रमा आएको भीषण बाढीको व्यवस्थापनका कारण कडा आलोचना गरिएको थियो, जसमा कम्तीमा १७६ जनाको मृत्यु भएको थियो ।
पीपल्स पार्टी र व्यवहारिक, रूढीवादी भुमजैथाइ विचारधाराका हिसाबले एकअर्काका ठीक विपरीत छन् ।
यद्यपि विपक्षी गठबन्धनको समर्थन केही शर्तसहित थियो । उनीहरूले अनुतिनलाई थाइल्याण्डको सैनिक सकरारले बनाएको संविधानको सुधार सुरु गर्न र चार महिनाभित्र सभामण्डल विघटन गर्न माग गरेका थिए ।
अनुतिनकी पूर्ववर्ती पेतोङ्तार्न शिनावात्रालाई आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा हटाएको थियो । उनले क्याम्बोडियाका पूर्व नेता हुन सेनलाई काका भनेको र थाइ सेनाको आलोचना गरेको फोल कल सार्वजनिक भएको थियो ।
उनकी अगाडि रहेका नेता स्रेत्था थाविसिनलाई पनि आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै हटाइएको थियो ।




प्रतिक्रिया