काठमाण्डु –देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
शनिबार दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।




प्रतिक्रिया