देश भर चिसो बढ्दै, उपत्यकाको तापक्रम ५.४ डिग्री सेल्सियस मापन

देश भर चिसो बढ्दै, उपत्यकाको तापक्रम ५.४ डिग्री सेल्सियस मापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यता काठमाण्डु उपत्यकासहित देशभर चिसो बढ्दो छ ।

आइतबार बिहान ५ : ४५ बजे काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

शनिबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो ।