काठमाण्डु– कांग्रेस नेता तथा पूर्वशिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ।
उपाध्यायको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
९२ वर्षका उपाध्याय विराटनगर निवासी हुन् । उपाध्यायको अन्तिम दाहासंस्कार सोमबार पशुपती आर्यघाटमा हुने पारिवारिक स्रोतले जनाएको छ ।
उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी शिक्षामन्त्रीबाट पदमुक्त भएका थिए।




प्रतिक्रिया