काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–१५ चमतीबाट अवैध लागूऔषध गाँजा करीब २३ किलोग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१६ वनस्थली बस्ने ३३ वर्षीय मानबहादुर शाही ठकुरी र भारत केरला घर भएका ३८ वर्षीय सोन साईमन ग्रेसेस रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बा प्र ०१–००२ ज ८५७२ नम्बरको ट्याक्सीलाई जाँच गर्दा लागूऔषध फेला पारी चालक मान बहादुर र ट्याक्सीमा सवार सोन साईमनलाई पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–३ न्यूरोडस्थित छेम्पा खाजा घर सञ्चालन गरी बस्ने भरतपुर महानगरपालिका–४ लन्कु घर भएका ३७ वर्षीय प्रेम लामालाई अवैध लागूऔषध गाँजा करीब ६ किलोग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया