बाइडबडी भ्रष्टाचार : वैद्य माओवादीले कंसकारमाथि यसरी दल्यो कालोमोसो

बाइडबडी भ्रष्टाचार : वैद्य माओवादीले कंसकारमाथि यसरी दल्यो कालोमोसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संसदको लेखा समितिद्वारा गठित उपसमितिले बाइडबडी विमान खरिदमा भ्रष्टाचारको ठहर गर्दै मुख्य दोषी ठहर गरेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलिएको छ।

उनलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मोसो दलेको सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले पुष्टि गरे। कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको स्वीकार गर्दै उनले घटनाको जिम्मेवारी लिएका हुन्।

उनले दलाल तस्कर र भ्रष्टहरुको विरुद्धमा देशभर आन्दोलन र संषर्घको कार्यक्रमलाई अगाडि बढाउने भन्ने पार्टीको नीति तथा कार्यक्रमअनुसार कंसकारमाथि कालोमोसो दलिएको दाबी गरे । सोही कार्यक्रमअनुसार शुक्रबार ४ बजे महाप्रबन्धक कंसकारको कार्यकक्षमै पुगेर कालोमोसो दलिएको उनले बताए ।

कंसाकारमाथि कालोमोसो दल्न  युवा संगठन र ३ नम्बर प्रदेशका गरी करिब ९ जना निगमको गेटमा सँगै पुगेका थिए।

तर निगमममा कार्यरत सेक्युरिटी गार्डले दुई जनालाई मात्र भित्र प्रवेश गराए । उनीहरुले भएको कालोमासो पनि सँगै लगे । एकछिन कंसाकारलाई भेटेर कुराकानी गरे ।

कुराकानीकै क्रममा लगत्तै उनीहरुले कुर्सीमा बसेका कंसाकारमाथि गेटबाट छिराएको कालोमोसो दलेर सेक्युरिटी गार्डलाई छलेर बाहिर निस्किए ।