पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडकाे भ्रष्टाचार मुद्दा


काठमाण्डु– पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुनकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको हो ।

उनीविरुद्ध २ करोड ५० लाख बिगो मागदाबी गरिएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्रोत पुष्टि भएको नदेखिएकोबाट निज राष्ट्रसेवक प्रतिवादी बिनेश मुनंकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य निज प्रतिवादीले प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, निजले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिंदा निज बिनेश मुनंकर्मी र निजको श्रीमती पूर्ण केशरी गोसाई उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।’