काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेर ४०५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




प्रतिक्रिया