काठमाण्डु– बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७० अंकले बढेर परिसुचक
२६२५ बिन्दुमा कायम भएको छ ।
यसदिन कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।
आज १४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् अगाडि रहे ।
यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।
आज फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे भने व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।




प्रतिक्रिया