ललितपुर – ललितपुर महानगरपालिकाले आफ्नो १०७औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ ।
बुधबार पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा आयोजित विशेष समारोहमा सम्मान प्रदान गरिएको हो ।
प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई १ लाख रुपैयाँ नगद र सम्मानपत्र हस्तान्तरण गरे ।
विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यहरूमा दक्षिणकाली गणले पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै महानगरपालिकाले पुरस्कार प्रदान गरेको छ । जटिल प्राकृतिक विपत्तिका समयमा सशस्त्र प्रहरीले स्थानीय स्तरमा पुर्याएको सक्रियता र साहसको कार्यक्रममा प्रशंसा गरिएको थियो ।
स्थापना दिवस समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार सम्मानले सुरक्षा निकायलाई जनसेवा र विपद् व्यवस्थापनमा थप जिम्मेवार भएर लाग्न हौसला प्रदान गरेको छ ।




प्रतिक्रिया