काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेको पेसी आज परेको हो ।
लामिछानेले धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको निवेदनमा यसअघि २ पटक स्थगित भएको छ ।
गत मंसिर ११ गते लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो भने मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो।
यस्तै अर्का प्रतिवादी तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पनि पेसी तोकिएको छ ।




प्रतिक्रिया