काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत मंसिर २९ गते सुनको भाउले २ लाख ६० हजार ७ सय पुगेर नयाँ किर्तीमान राखेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँ बढेर ४०८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।




प्रतिक्रिया