कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता


काठमाण्डु– सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।