सुनचाँदीको भाउमा भारी गिरावट

सुनचाँदीको भाउमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत मंसिर २९ गते सुनको भाउले २ लाख ६० हजार ७ सय पुगेर नयाँ किर्तीमान राखेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।