काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भरतपुर हुँदै भैरहवा जाने भएका छन् ।
काठमाण्डुबाट भैरहवाको जहाज नउडेपछि लामिछाने भरतपुर जहाजमा गएर त्यहाँबाट गाडिमा रुपन्देही जाने भएका हुन् ।
ललितपुरको नक्खु कारागारमा रहेका रवि बुद्ध एयरको पहिलो उडानमै जान भनेर आज बिहान ८ बजेअघि नै काठमाण्डुस्थित त्रिभुवन विमानस्थल पुगेका थिए।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।
उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।




प्रतिक्रिया