काठमाण्डु– एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को अनुशासन तथा इथिक्स कमिटीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।
एएफसी एसियन कप छनोटको अन्तिम चरणअन्तर्गतत नोभेम्बर १८ मा नेपाल र मेलसियाबीच मलेसिया भएको खेलका दौरान नियम उलङघन गरेको भन्दै एन्फालाई कारबाही गरिएको हो।
कमिटीको डिसेम्बर १५, २०२५ को बैठकको निर्णय अनुसार सो खेलको पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफको सुरुवातमा १ मिनेट ३० सेकेन्ड मैदान छिर्न ढिलाइ हुँदा नेपाली अफिसियलाई दोषी देखाएको छ । सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेकोमा २ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।
जरिवाना निर्णय सूचित भएको मितिबाट ३० दिनभित्र तिर्नुपर्नेछ, जसअनुसार एएफसी अनुशासन तथा इथिक्स संहिताको धारा ११.३ लागू हुन्छ।
सोही खेलमा मलेसिया फुटबल संघलाई पनि यस्तै ढिलाइका लागि २ हजार ५ सय डलर जरिवाना गरिएको छ। यसबाहेक मलेसियालाई खेलपछिको पत्रकार सम्मेलनमा प्लेयर अफ द म्याच सहभागी नगराएको र खेलाडी मोहम्मद फैसल बिन अब्दुल हलिमलाई पनि अलग्गै जरिवाना तोकिएको छ।




प्रतिक्रिया