काठमाण्डु – हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।




प्रतिक्रिया