बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश

बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश

भारतीय सुरक्षाकर्मी प्रवेश गरेको बारे थाहा छैन : भोला दाहाल, प्रजिअ, पर्सा


काठमाण्डु – बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् । भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी पर्साको धोबिनी प्रवेश गरेका हुन् ।

उनीहरू नेपाल प्रवेश गरेपछि स्थानीयले रोकेका थिए ।

धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो ।

स्थानीय बासिन्दाले सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई नेपालमा के गर्न आएको भन्दै प्रश्न गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बर्दीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको बारे आफूलाई थाहा नभएको बताए । ‘सादा पोसाकमा आएको भन्ने सुनेको थिएँ, प्रहरीले समन्वय गरेर पठाएको भन्ने बुझेको छु,’ उनले भने ।