२६ सयबाट ओरालो लाग्यो सेयर बजार

२६ सयबाट ओरालो लाग्यो सेयर बजार


काठमाण्डु साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से १९.९२ अंकले घटेर परिसूचक २५९५ मा कायम भएको हो ।

अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो ।

यसदिन ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहे ।

आज एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो भने सिन्धु विकास बैंकको १० प्रतिशत घट्यो ।

यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८. बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।