काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा रहेको बा ल सुधार गृहको निरीक्षण गरेका छन् ।
शनिबार नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले आईतबार भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको बस्तुस्थितबारे जानकारी लिएका गृहमन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
निरीक्षणका दौरान मन्त्री अर्यालले त्यहाँ रहेको बाल बन्दीहरूको कक्षा कोठा, उनीहरूको दैनिक जीवनयापन र खानपान र बस्ने व्यवस्थाबारे सुधार गृहका अधिकारीसँग जानकारी लिएका थिए ।
मन्त्री अर्यालले त्यहाँ रहेका १८ वर्षमाथि पुगेका बालबिझ्याइँकर्ता तर उनीहरूको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे पनि बुझेका सचिवालयले जनाएको छ । भक्तपुरको बाल सुधार गृह यूसेफ नेपाल अन्तर्गत चलिरहेको छ ।
आईतबारै मन्त्री अर्यालले नेपाल सरकारको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्नको निर्माण गरेका तथा हाल अस्वस्थ रहेका हिमालय गौतमलाई उनकै निवास ललितपुरको इमाडोल पुगेर भेट गरेका छन् ।
भेटमा मन्त्री अर्यालले गौतमको परिवारसँग कुराकानी गर्दै गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।




प्रतिक्रिया