सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

सुनको मूल्यमा भारी वृद्धि, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो


काठमाण्डु – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उछाल आएको छ।

आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार २ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ३४ सय रुपैयाँले बढेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी सोमबार १ सय ३० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।