काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो ।
जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ । खेल आउँदो जनवरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा हुने छ ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी हुने छन् । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।
समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।






प्रतिक्रिया