उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वरमा रहने, भोलि उद्घाटन

उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वरमा रहने, भोलि उद्घाटन

सर्वोदय पार्टीसँग चुनावी एकता हुँदै


काठमाण्डु – ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीले काठमाण्डुको त्रिपुरेश्वरमा पार्टीको केन्द्रीय कार्यालय रहने भएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन बिहीबार र्ऊर्जा मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा हुँदैछ । पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ ।

यसबीच उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच बुधबार चुनावी एकता हुदैछ । दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीले उज्याले पाटीसँग चुनावी एकता गर्न लागेको हो ।

जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए । तर सर्वोच्च अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।

चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुने छ ।