मोइनको घातक बलिङमा पोखरालाई हराउँदै जनकपुरले निकाल्याे दोस्रो जित

मोइनको घातक बलिङमा पोखरालाई हराउँदै जनकपुरले निकाल्याे दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ।

आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्‍यो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।

जनकपुरका मोइन अलीले १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए। सैफ हसन र हरमित सिंहले २–२ तथा जिम्मी निसम र ललित राजवंशीले १–१ विकेट लिए।

पोखराका कप्तान कुशल भुर्तेलले ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। यससँगै तीन खेलमा दुई जित र एक हारसहित जनकपुरले ४ अंक जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो।

यसअघि त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएकाे हाे ।

जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यो एनपीएलमा उनको छैटौँ अर्धशतक हो।

मोइन अलीले २१, अविशेक तिवारीले अविजित २४ तथा जिम्मी निसमले ११ रन बनाए।

पोखराका सकिब अल हसनले ३ विकेट लिए भने सैफुदिन, करुणारत्ने र मेहदी हसनले समान १ विकेट लिए।