अमेरिकासँगको अर्को युद्ध अझ लामो र नियन्त्रणबाहिर हुन सक्ने इरानको चेतावनी

अमेरिकासँगको अर्को युद्ध अझ लामो र नियन्त्रणबाहिर हुन सक्ने इरानको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– इरानले अमेरिकासँग भविष्यमा हुन सक्ने अर्को युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो र व्यापक हुन सक्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले सम्भावित युद्धको अवधि, सीमा वा परिणाम अमेरिकाले निर्धारण गर्न नसक्ने दाबी गरेका छन्।

इरानी राष्ट्रिय टेलिभिजनका अनुसार सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले आगामी द्वन्द्व अमेरिका वा अन्य कुनै पक्षको सहज नियन्त्रणमा नहुने बताएका छन्।

इरानका रक्षा मन्त्री मेहरदाद अखलाखीले पनि आफ्नो देशमाथि कुनै आक्रमण भए त्यसको ‘समान, निर्णायक र प्रभावकारी जवाफ’ दिने चेतावनी दिएका छन्। उनले इरानको प्रतिकारको समय, दायरा वा परिणाम आक्रमणकारीले निर्धारण गर्न नसक्ने बताए।

यसैबीच, इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रवक्ता होसेन मोहेब्बीले नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्ताबा खामेनीको निर्देशन उद्धृत गर्दै आगामी द्वन्द्वमा भौगोलिक सीमा नरहने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिएको र केही लक्ष्य अझै बाँकी रहेको दाबी गरेका छन्।