आज पनि सुनचाँदीको भाउले राख्यो नयाँ कीर्तिमान

आज पनि सुनचाँदीको भाउले राख्यो नयाँ कीर्तिमान


काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १६५ रुपैयाँले बढेर ४४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।