राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त


काठमाण्डु– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र निर्वाचन अधिकृतसमेत नियुक्त गरेको हो ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

कोशी प्रदेशमा भीमराज प्रसाई, मधेसमा शुभनाथ पुरी, बागतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि आगामी फागुन २० गतेदेखि निर्वाचन हुँदै छ।