काठमाण्डु– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १ अंकले बढेको छ । यस्तै परिसूचक २५८५ मा कायम भएको छ ।
उसदिन कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २२ करोडको भयो ।
कारोबारमा आएका १११ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ७ को स्थिर रह्यो ।
आज कारोबार रकमका आधारमा एसवाई प्यान, मञ्जुश्री फाइनान्स, तेह्रथुम पावर, ङादी ग्रुप र सिद्धार्थ बैंक अगाडि रह ।
यसदिन इनिफिनिटी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.३२ प्रतिशत बढ्यो भने ग्रामीण विकास लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.२३ प्रतिशत घट्यो ।
यसदिन बैंकिङ ०.५२, होटल तथा पर्यटन ०.३६, उत्पादन तथा प्रशोधन ०.११, निर्जीवन बीमा ०.८७ तथा व्यापार ०.२७ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.८५, फाइनान्स ०.५५, हाइड्रोपावर ०.२९, लगानी ०.०४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.१६ तथा अन्य ०.२८ प्रतिशत घटे ।




प्रतिक्रिया